संतोष रन्जितकार
वीरगंज, २५ माघ ।
यु. डी. बाइ–सेफ कम्प्युटर एजूकेशन र नेसेन्ट एजूकेशनको संयुक्त आयोजनामा एस. ई. ई. परिक्षाको तैयारी गरिरहेका बिधार्थीहरुलाई परिक्षा सम्बन्धि तालिम प्रशिक्षण सम्पन्न भएको छ । अनुभूति एजुकेशन र ट्रिटन कलेजको सहयोगमा निःशुल्क एस ई. ई. सेमिनार कार्यक्रममा निजि तथा सरकारी छात्र छात्राहरुका लागि परिक्षा आउन लाग्दा कुन–कुन बिषय कसरी पढने, लेख्ने, समय सदुपयोग, जटिल प्रशनहरुको अन्तरकृया, सवाल– जबाफ, पाठ्यक्रमका बिषय बस्तु तैयारी तथा मोडल प्रश्नहरुको बारेमा जानकारी गराएका थिए । यस सेमिनारमा लेखक बिज्ञान बिषयका बि. के. झा, गणित बिषयका लेखक हरेराम ठाकुर, टि आर पाण्डे, सामाजिक तथा नेपाली बिषयका लेखक प्रशिक्षक नारायण प्रसाद खतिवडा, सहयोगी शिक्षकमा लालबाबु यादव, अजय केशरी, नवल किशोर पण्डित तथा कैरियर र ब्यक्तित्व बिकास सम्बन्धि मोटीभेसनल स्पिकरको रुपमा सिवांग दत्त र रितु न्यौपाने लगायतका प्रशिक्षक लेखकले तालिम दिएका थिए । सो कार्यक्रममा ७०० भन्दा बढि विधार्थीहरुको उपस्थिती रहेको थियो ।