प्रधानमन्त्री ओलीलाई प्रचण्डको धम्की

23

काठमाण्डौं, २५ माघ ।
सधैं सत्तानजिक बसेर रमाउने गरेका नेकपाका अर्का अध्यक्ष भनिएका पुष्पकमल दाहाल (प्रचण्ड) मानवता विरुद्धको अपराधमा हेगमा जाने डरले विभिन्न तिकडमबाजी गरेर आफ्नो दुनो सोझ्याइरहेका छन् । नेकपा पार्टी बनाएपछि उनले चाहे जस्तो हैसियत प्राप्त नभइरहेको वर्तमान अवस्थामा वर्तमान केपी शर्मा ओलीको सरकारको विरुद्ध विष वमन गरेका छन् । आफै सत्तापक्षिय नेता भएतापनि उनको अभिव्यक्ति प्रतिपक्षमा रहेको नेपाली कांग्रेसभन्दा पनि कडा आएको छ । भेनेजुएला प्रकरणमा प्रचण्डको बोली चिप्लिएको भनी प्रधानमन्त्री ओलीको भनाई सार्वजनिक भएलगत्तै उनले अर्को माओवादी जन्मिने खतरा देखेका छन् । दिनप्रतिदिन ओरालो लाग्दै गएको प्रचण्डले थालेको जनयुद्ध बुहारीलाई मन्त्री र छोरीलाई मेयर बनाउनकै लागि रहेको रहेछ भनी उनका आसेपासेहरुले बुझ्न थालेका छन् । संघीयताको माला जप्दै मधेशी जनजातीहरुलाई हक दिलाउन आफु लडेको र जनयुद्ध गरेको भन्दै आएका प्रचण्डले संविधान बनाउंदा न मधेशीलाई हक दिलाए न जनजातीलाई तर अहिले आएर संघीयताको मर्म अनुसार काम नभएको भन्दै आफ्नो कमीकमजोरी छिपाउने प्रयास गरेका छन् ।

https://ankushdaily.com/