संतोष रन्जितकार
वीरगंज, २५ माघ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटेको प्रहरी टोलीले सौफी मदिरा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा बिहिबार पक्राउ गरेको छ । बिहिबार रातीको समयमा सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा पचरौता नगरपालिका वडा नं.४ ईनर्वा बोर्डरमा देश भारत जिल्ला मोतिहारी थाना लखौरा ग्राम ईनर्वा फुलवार वार्ड नं. १३ बस्ने बर्ष २६ को नितेस यादवलाई न्व् ण्छ ऋब् टडघड नं.को क्अयचउष्य गाडीमा सौफी (मदिरा) २८ बोरा लोड गरी चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । बरामद गरिएको सो मदिरा रू.३३ हजार ६ सय मुल्य बराबरको रहेको र रू.१० लाखको गाडी सहित पक्राउ परेका नितेश यादवलाई आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय वीरगंज पठाईएको प्रहरीले जानकारी दिएको थियो ।