वीरगञ्ज – फेब्रुअरी १५ तारिखमा फेस अफ तराई नेपाल सिजन २ को फिनाले हुने भएको छ । वीरगञ्जस्थित जैन भवनमा हुन लागेको यस कार्यक्रमको आयोजन योर्स मिडियाले गर्दै छ । केही दिन अगाडी भएको अडिशनबाट छानिएका प्रतियोगिहरुलाई तालिम प्रदान गर्दै फाईनल गर्न लागिएको आयोजकले जनाएको छ । फेस अफ तराई नेपालका सिजन १ का प्रतियोगि अजय सर्राफले कोरियोग्राफ गरिरहेको प्रतियोगितामा विभिन्न चरणहरु पर गर्दै कुल ११ जना प्रतिस्पर्धीहरुले खिताबका लागि फाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।