मुआब्जा नतिरेर जग्गा कब्जा गरिरहेको आरोप

3

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
वीरगंज ठोरी हुलाकी राजमार्गको जग्गाधनीहरुको मुआब्जा नै नतिरी बल–जबर्जस्ती कब्जा गरि सडक निर्माण गर्न लागेको पीडित जग्गा धनीहरुद्वारा शनिबार नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलनको आयोजना गरि जग्गाधनीहरुले सोको बारेमा जानकारी गराएका थिए । जग्गाधनीले सो कार्यको बिरोध गर्दा ठेकेदारको संरक्षणमा जिल्ला प्रशासन कार्यालय पर्साको आदेशमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरीको विभिन्न ईकाई युनियनबाट प्रहरी जवानहरू खटि जोर जबर्जस्ती सडक निर्माणको कार्य सुरु गरेकोले सो कुराको बारेमा सम्बन्धित निकायलाई जानकारी गराउन सो पत्रकार सम्मलेनको आयोजना गरिएको बताए । उनीहरुले हाम्रो उचित मांगलाई बेवास्ता गरेमा हामीहरुले चरणबद्ध आन्दोलन गर्नुको साथै सम्मानित अदालतको शरणमा पनि जाने बताए । जग्गाधनीहरु चन्द्रकिसोर प्रसाद बरै, बृजकिसोर चौरसिया, प्रभु प्रसाद चौहान, अशोक जयसवाल, शिवजी प्रसाद साह, जानकी देवी, सरस्वती देवी चमईन, करिमा देवी, कोशिला देवी लगायत ४० घर परिवारहरुले मुआब्जा नपाएको बताए ।