लालबाबुको सरकार लुट्नमा व्यस्त ः सभासद राजेश्वर

11

वीरगंज, २६ माघ ।
प्रदेश सरकार व्यापक भ्रष्टाचारमा डुबेको आरोप प्रदेश सभासद राजेश्वर साह तेलीले लगाउनु भएको छ ।
श्रीसिया नदीको स्वच्छता अभियानबारे शनिबार बसेको बैठकमा बोल्दै सभासद तेलीले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको यो सरकार बजेट लुट्न व्यस्त रहेको बताउनु भयो । उनले बेटी बचाउ बेटी पढाउ र मुख्यमन्त्री स्वच्छता अभियान यो दुवै मुख्यमन्त्री र आसेपासेहरुलाई पोस्ने कार्यक्रम भएको भन्दै उनका मतियारहरु बजेट लुट्न लागि परेको सभासद तेलीको आरोप रहेको छ । पर्सा जिल्लाको नागरिक भएको भएतापनि यो जिल्लाको लागि मुख्यमन्त्री राउतले सिन्को समेत नभाँचेको आरोप लगाउदै यस क्षेत्रका जनताको जिवनस्तर उकास्न वर्तमान प्रदेश सरकारसंग कुनै योजना नभएको बताउंदै अनाधिकृत बजेट बनाएर पैसा लुट्न यो सरकार सक्रिय रहेको सभासद तेलीको कथन रहेको छ ।