विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न

12

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
वीरगंज पब्लिक कलेजमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाइ कार्यक्रम समपन्न भएको छ ।
होटल भिस्वा आयोजित कार्यक्रममा विभिन्न शिक्षामुलक, मनोरञ्जनात्मक कार्यक्रम समपन्न भएको हो । वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक दिपक शाक्यले उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई दोसल्ला ओढाई सम्मान गर्नुको साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।
सो कार्यक्रम वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया प्रमुख आतिथ्यमा गरिएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले उच्च शिक्षाका लागी पूर्ण जोस र जागरका साथ अगाडी बढिरहेको बिपीसी कलेजले आफनो व्यवहारिक र सौद्धान्तिक छाप छोड्न सकेको उनले बताएका थिए ।
देशको भोलीको कर्णधार युवा शक्ति भएकाले युवावर्गलाई शैक्षिक क्षेत्रमा सबल बनाउन सफल भएको डा. दिपक शाक्यले बताएका थिए । विधार्थीहरु धैर्यता र त्याग गरे मात्र सफल लक्ष्य प्राप्त गर्न सक्ने बिपीसीका संचालक समेत रहेका डा. दिपक शाक्यको भनाई रहेको थियो ।