वीरगंजमा शैक्षिक मेलाको आयोजना हुदै

6

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
नेपालमा उच्च शिक्षा लिन चाहने बिद्यार्थीलाई लक्षित गरि वीरगंजको नगर सभागृह (टाउनहल)मा यहि माघ २९ र फागुन १ गते पाँचौ संस्करणको शैक्षिक मेला आयोजना हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । भिजन मीडिया ईन–करपोरेशन र एजुकेसन डट कमको आयोजनामा हुन लागेको सो मेलाको मुख्य उद्देश्य “ीभबचल ीयअबििथ ँभबत न्यिदबििथ” का साथ क्तगमथ ष्ल ल्भउब िमेला आयोजना गर्ने हो । उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने भएकोले नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्ने बताए । यस मेलाबाट बिबिए, एमबिए, बिआईटि, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिसिए, बिबिएस, बिएसी, सिएसआईटि, बिडेभ्स लगायतका कोर्स पढ्न चाहने विद्यार्थी लाभान्वित हुने बताइएको थियो । मेलामा २५ भन्दा बढी कलेजहरु सहभागि हुने छन । मेलाको मुख्य प्रायोजक प्रेसीडेन्सियल बिजनेस स्कुल रहने त्रिभुवन विश्वविद्यालयको ठाकुरराम क्याम्पस र वीरगंज पब्लिक क्याम्पस लगायतले पनि परामर्श दिनेछन । मेला हेर्न आउने प्रत्येक विद्यार्थीहरुका लागि फ्री रिचार्ज कार्डको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा वीरगंज पब्लिक कलेजका निर्देशक डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहान, ठाकुरराम क्याम्पसका सुबास प्रसाद, एजुकेसन डटकमका निर्देशक तारामान रावल, संघिय प्रेस फोरम प्रदेश नं. २ का उपाध्यक्ष बिजय कुशवाह र नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खडका लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सन्चारकर्मी तिवारी यादवले गर्नु भएको थियो ।