श्रीसिया सफाई अभियानबारे छलफल

8

संतोष रन्जितकार
वीरगंज, २६ माघ ।
वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा स्थित श्रीराम जानकी धर्मशालामा शनिबार श्रीराम जानकी छठ समिति र नयाँ बस्ती रामगढवाले सामुहिक रुपमा बैठक बसी श्रीसिया नदीलाई प्रदुषणमुक्त बनाउन छलफल गरेको छ ।
सो बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया, नेकपाका केन्द्रिय सदस्य रामचन्द्र साह, प्रदेश सभासद राजेश्वर साह तेली, भिमा यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, वडा अध्यक्ष रामनगीना साह कानु, दशरथ कुर्मी, सामाजिक अभियन्ता जसपाल सिंह, प्रकाश थारु लगायत संचारकर्मी एवं नागरिक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो ।