जगरनाथपुर गाउँपालिकाका अध्यक्ष मियाँको बदमासी

32

संतोष रन्जितकार
वीरगंज, २७ माघ ।
निर्माण व्यवसायीहरुले स्थानीय तहले टेण्डरको सूचना लुकाएको आरोप लगाएका छन् । आइतबार पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा केही निर्माण व्यवसायीहरुको मिलेमतोमा पत्रिका संचालकहरुले टेण्डर सम्बन्धी सूचना छापेर पत्रिका लुकाउने गरेको आरोप निर्माण व्यवसायी संघका अध्यक्ष रामाकान्त चौरसियाले लगाउनु भएको छ । स्थानीय सरकार आएपछि गाउंमै सरकार आयो, गाउंमै काम पाउंछौ भन्ने लागेको थियो तर त्यसको ठिक विपरित काम भइरहेको अध्यक्ष चौरसियाले बताउनु भयो ।
निर्माण व्यवसायी संघका रमेश पाण्डेले स्थानीय तहमा आफ्नो मान्छे आसेपासे पाल्ने हिसाबले काम भइरहेको भन्दै विरोध जनाएका थिए । २०७४ पौष २९ गते सबै स्थानीय तहका प्रमुखहरुलाई बोलाएर छलफल गरेको र सो छलफलमा वहाँहरु सकारात्मक भएपनि कमिशनको चक्करमा परेर गोलमाल गरिरहेको चौरसियाको आरोप रहेको छ ।
जगरनाथपुर गाउंपालिकाले माघ १० गते स्थानीय एउटा पत्रिकामा दुई करोडभन्दा बढीको योजनाको टेण्डर गरेर एक ठेकेदारसंगको मिलोमतोमा सूचना लुकाएको संघले आरोप लगाएको छ ।
जगरनाथपुर गाउंपालिकाका प्रमुख जालिम मियांले स्थानीय पत्रिकाको आडमा भ्रष्टाचार गर्न खाजेको आरोप ठेकेदारहरुको रहेको थियो । सो सम्मेलनमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।