वीरगंज, २७ माघ ।
नेपाल पोष्ट डेली पत्रिकाको आइतबार एक कार्यक्रमका बिच वीरगंजमा बिमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्साको कार्यकक्षमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बिमोचन गर्नुभएको थियो ।
पत्रिकाका प्रधान सम्पादक मनोज पटेलको अध्यक्षतमा भएको बिमोचन समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश दुईका अध्यक्ष दीपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बञ्जारा, प्रेस युनियनका पर्सा अध्यक्ष रामनारायण कुर्मी, प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्ष प्रेमध्वज शाह लगायतले वीरगंजबाट प्रकाशित हुन गइरहेको नेपाल पोष्ट दैनिकले पाठकहरुको चाहना अनुसार अगाडी बढोस भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।