रेलको लिकमा दुई युवतीको शव फेला

5

संतोष रन्जितकार
वीरगंज, २७ माघ ।
सिमावर्ती सहर भारतको रक्सौल रेल्वे स्टेशनमा पर्साका २ किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारी निवासी राजेश्वर साह कलवारकी छोरी अन्दाजी १६ बर्षिय निभा कुमारी र वडा नं. ३, हरिहरपुर निवासी हरिकिशोर चौरसियाकी छोरी अन्दाजी १७ बर्षिय किरण चौरसियाको शव फेला परेको हो । रेलले काटिएको अवस्थामा दुबै जनाको शव फेला परेको भारतिय प्रहरीले जनाएको छ ।
दुबै जना वीरगंजको रानिघाटमा डेरा लिई बस्दै वीरगंज पब्लिक कलेजको कक्षा ११ मा पढ्दै आएको मृतकका आफन्तहरुले जनाएका छन । यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक अन्नत राज शर्मासंग बुभ्mदा घटनाबारे बिस्तृत जानकारी लिने काम भइरहेको बताए । यो घटना रहस्यमय भएको र यस सन्दर्भमा सम्बन्धीत निकायले छानबिन पछि सत्यतथ्य बाहिर आउने बताइन्छ ।