वडाअध्यक्षको निजी खर्चमा विद्यालयको भोज

12

संतोष रन्जितकार
वीरगंज, २७ माघ ।
आजभोली निजी विद्यालयले सरस्वती पूजाको नाममा विद्यार्थीको अभिभावकसंग ५० देखि ५०० सम्मको चन्दा लिइरहेको र स्कुलको ढुकुटी भर्दै आएको भन्दै पर्सा वीरगंज महानगरपालिका वडा नं. २३ का अध्यक्ष रामअवध कुशवाहाले जानकारी दिनुभयो । निज कुशवाहाले वडा नं. २३ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ४०० अध्ययनरत विद्यार्थी तथा विद्यार्थीसंग आएका अभिभावकलाई चन्दा शुल्क समेत नलिई सो विद्यालयमा सरस्वती पूजा गरी कुशवाहाले विद्यार्थी तथा अभिभावकको लागि भोज समेतको व्यवस्था गरिदिएको जानकारी दिनुभयो । र सो खर्च निज वडाअध्यक्षले आफ्नो तर्फबाट व्यहोरेको र विगत वर्षमा पनि यसैगरी नै सोही स्कुलमा सरस्वती पूजाको भोजभतेरको व्यवस्था गरिदिएको जानकारी गराउनुको साथै ४ महिनादेखि सो स्कुलका विद्यार्थीहरुलाई खाजाको व्यवस्था समेत वडाअध्यक्ष कुशवाहाले आफ्नो तर्फबाट गर्दै आउनु भएको बताउनु भयो । केही दिन यता सरकारी विद्यालयमा विद्यँर्थीहरुको खाजा खाने व्यवस्था मिलाएको खबर आएपछि सो खाजा वितरण केही दिनबाट सरकारले दिने भनेपछि वहांले आफुले गर्दै आएको खाजा व्यवस्था स्थगीत गर्नुभएको बताउनु भयो । र वहांले गर्नुभएको कार्य महानगरपालिकाका सम्पूर्ण वडाअध्यक्षले गर्ने हो भने आजको दिनमा सरकारी स्कुलले निजी विद्यँलयको स्तरभन्दा माथि उठने प्रतिक्रिया व्यक्त गर्नु भयो ।