फरार अभियुक्त प्रहरीको फन्दामा

6

संतोष रन्जितकार
बारा, २८ माघ ।
बाराको प्रसौनी गापाको कार्यालयबाट खटेको प्रहरी टोलीले फरार अभियुक्तलाई पक्राउ गरेको छ । सम्मानित बारा जिल्ला अदालतको मिति २०६२/०३/०१ गतेको फैसला सदर हुने भनी सम्मानित सर्वोच्च अदालतबाट मिति २०६८।०२।२४ मा भएको फैसला आदेश अनुसार २ वर्ष कैदका लागी फरार रहेका अंगभंग मुद्दाका अभियुक्त जिल्ला बारा साविक प्रष्टोका गा.बि.स.वडा नं.५ हाल प्रसौनी गा.पा.वडा नं. ५ बस्ने बैजनाथ साह तेलीको छोरा सत्येन्द्र साह तेलीलाई आइतबार सो प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेका तेलीलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरि अदालतको आदेश अनुसार निज तेलीलाई कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोमबार जिल्ला प्रहरी कार्यालय बारा र सुन्दर नेपाल संस्थाको संयुक्त आयोजनामा सामुदाय–प्रहरी साझेदारी अवधारणा अनुरूप कलैया उप महानगरपालिका वडा नं. १ भरत चोकमा महिला हिंसा, बाल विवाह तथा दाइजो प्रथा विरूद्ध सडक नाटकको आयोजना गरी महिला हिंसा, बाल विवाह तथा दाइजो प्रथालाई अन्त्य गरौ भन्ने सन्देश प्रवाह गरेको थियो ।