भारतीय मन्त्री नितिन गडकरी र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष केडिया बीच भेटघाट

16

रक्सौल, २८ माघ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा सम्मिलित एक टोलीले भारतीय सडक पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ । मन्त्री गडकरीको रक्सौल भ्रमणको क्रममा उहाँसँग भेटघाट गरिएको हो ।
भेटघाटका क्रममा वीउवासङ्घका अध्यक्ष केडियाले रक्सौल तथा वरपरको क्षेत्रमा रहेको सडक, राजमार्ग, पुल लगायतका भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले सन् १९७५ अगाडि नै सञ्चालनमा आई केहि कारणबस बन्द हुन गएको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन पनि मन्त्री गडकरीसँग आग्रह गर्नुभयो । मन्त्री गडकरीले रक्सौल एयरपोर्टको स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुहुँदै यस वरपर क्षेत्रको सडक, राजमार्गको स्तरोन्नतिको लागि पहल गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरनवाल लगायतका उपस्थिति रहेको थियो । स्रोत ः वीउवासंघ