वातावरण जिउने आधारद्वारा एक दिने गोष्ठी सम्पन्न प्रदेश सरकारले प्रचारमुखी कार्यक्रम ल्याएर जनता झुक्याउँदै ः सभासद राजेश्वर

17

वीरगंज, २८ माघ ।
वातावरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम तिव्र गतिमा अगाडी नबढाइए आउने दिन सजिलो नहुने प्रदेश सभासद राजेश्वर साह तेलीले बताउनु भयो । वातावरण जिउने आधार (Living With Environment) पर्सा शाखाद्वारा आदर्शनगर स्थित आदर्श स्कुलमा आयोजित गोष्ठीमा बोल्दै सभासद तेलीले श्रीसिया नदीमाथि व्यापाक अत्याचार भएको र समयमै यसलाई नियन्त्रण गर्न सम्बन्धीत निकायबाट पाइला चालिएन भने भयानक स्थिती उत्पन्न हुने बताउनु भयो । उनले प्रदेश सरकार प्रचारमुखी कार्यक्रम ल्याएर जनता झुक्याउन खोजीरहेको भन्दै सिंगो श्रीसिया नदी उसको प्राथमिकतामा नपरेतापनि वीरगंजको घण्टाघरदेखि आदर्शनगरसम्म तुल्नात्मक रुपमा सफा देखिने ठाउँमा झाडु लगाउनुको कुनै औचित्य नभएको बताउनु भयो ।


सो कार्यक्रममा सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भूषालले वीरगंजमा तुल्नात्मक रुपमा अशिक्षित र गरिब भन्दा बढी पढेलेखेका आफुलाई सभ्रान्त बर्गका भन्न रुचाउनेहरुले बढी फोहोर गरीरहेको आरोप लगाउनु भयो । जनचेतनाको पनि यथेष्ट व्यवस्था नभएको र बुझेकाहरुले नै गैरजिम्मेवार भएका कारणले गर्दा वीरगंज चाहिने जति सफा हुन नसकेको बताउनु भयो भन्दै आफुलेपनि चाहे जति गर्न नसकेकोमा क्षमा माग्नु भयो ।
सो कार्यक्रममा बोल्दै वातावरण जिउने आधार (Living With Environment) का केन्द्रिय अध्यक्ष आकाश चौहानले आफु वातावरणको विद्यार्थी भएको र वीरगंज बासी भएको कारणले गर्दा वीरगंज स्वच्छ र सफा हुनु पर्दछ भन्दै आफ्नो घर सफा गरेर सडक फोहोर राख्दा कसैको भलो नहुने बताए ।
वातावरण जिउने आधार (Living With Environment) पर्सा शाखाका अध्यक्ष आशुतोष चतुर्वेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नविन विकास महर्जन र हैकमराज घिसिंगले वर्तमान परिवेशमा वातावरण र भइरहेको प्रदुषणको बारेमा सहभागिहरुलाई अवगत गराउनु भएको थियो । सो कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, वीरगंज उद्योग वाणिज्य संघका सचिव अरबिन्द अमात्य, जसपाल सिंह लगायतको उपस्थिती रहेको थियो ।