संतोष रन्जितकार
वीरगंज, २८ माघ ।
द लिड इन्टरटेनमेन्ट एण्ड एडभरटाइजिंगद्वारा आयोजित चौथो वीरगंज महोत्सव व्यापार मेला २०७५ को सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले उद्घाटन गर्नुभएको छ । युवाहरुको सक्रिय सहभागितामा भइरहेको यो मेलाले वीरगंजको उद्योग व्यापारमा टेवा दिने छ भने प्रजिअ भट्टराईले विश्वास व्यक्त गर्नुभयो । संतोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नेकपा पर्साका संयोजक प्रभु हजरा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक प्रेमध्वज शाह, भवानी अस्पतालका राम श्रेष्ठ, चेली सहकारी संस्थाका अध्यक्ष कमला घिमिरे, राजकुमार घिमिरे, नेपाल पत्रकार महासंघ पर्साको अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिती रहेको थियो ।