पत्रकार दियालीमाथि संघातीक आक्रमण पत्रकार महासंघद्वारा कारवाहीको मांग

12

नवलपुर, २९ माघ ।
सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि मंगलबार आक्रमण भएको छ । सर्लाहीको हरिवन नगरपालीकाको सुके पोखरीस्थित चतुरभुजेश्वर मन्दिरको पश्चिम पट्टि रहेको चिया पसलमा दियालीमाथि आक्रमण भएको हो ।
रेडियो सर्लाहीबाट डेढ किलोमिटर पर आफुलाई हरिवन नगरपालीका ११ बालगंगाका इमरान खानले बिहान ११ बजे चिया खान बोलाएको र खान आफुसंग परिचित व्यक्ति भएको कारण बोलाए पछि चिया खान गएको बेला एक समुहले आक्रमण गरेको उनले बताएका छन ।
चिया खाईरहेकै समय ऊनीमाथि २ जना नकाबधारी व्यक्तिले आत्रमण गरेका थिए । कुटपिट पछि घाईते दियालीलाई खानलेनै अस्पताल पुर्याएका थिए । उनको आँखा, मुख र टाउकोमा गम्भिर चोट लागेको छ । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा समान्य पछि थप उपचारका लागि काठमाण्डौं लगिएको परिवारले जनाएको छ । खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यलय सलार्हीले उनी माथी अनुसंधान भैरहेको र अन्य फरार रहेका २ जनाको खोजी भैरहेको जनाएको छ । तर प्रहरीले समाचारको बिषयलाई लिएर कुटपिट भएको हो वा अन्य कारणले हो खुल्न नसकेको जनाइएको छ ।
यता दियाली माथि भएको सांघातिक हमला र निर्मम कुटपिट निन्दनीय भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।शाखा अध्यक्ष बिश्वनाथ ठाकुरले एक बिज्ञप्ति जारी गरि दोषीमाथी कारबाही र पीडितलाई न्यायसहितको क्षतीपुर्तिका लागि जोडदार माग गरेका छन ।