महानगरपालिकाद्वारा खेलाडीहरुलाई पोशाक वितरण

5

वीरगन्ज, २९ माघ ।
कुस्तीखेलको विकास तथा खेलाडीहरुको मनोबललाई प्रोत्साहित गर्न महानगरपालिकाले कुस्ती खेलाडीहरुलाई पोशाक प्रदान गरेको छ । महानगरपालिकाको वडा नम्बर १३ स्थित करबोलामा रहेको कुस्ती खेल अखाँडामा मगंलबार बिहान भएको कार्यक्रममा नगरप्रमुख बिजय कुमार सरावगी तथा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्म कुमार भूसालले खेलाडीहरुलाई पोशाक बितरण गर्नुभएको हो । उक्त अखाँडामा प्रशिक्षण गरिरहेका २० जना खेलाडीहरुलाई ३२ हजार २०० मुल्य बराबरको पोशाक बितरण गरिएको थियो । कुस्ती खेलका प्रशिक्षक एवम राष्ट्रिय खेलाडी मदन प्रसाद यादवको उपस्थितीमा कुस्ती खेलाडी रामधारी प्रसाद यादव, सागर प्रसाद यादव, भागवत साह, कमरुद्दिन मियाँ, छोटेलाल राउत र अनिल यादव लगायत २० जना कुस्ती खेलाडीहरुलाई पोशक बितरण गरिएको थियो । पोशाक बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बिजय कुमार सरावगीले युवाहरुको शारिरिक विकासको लागी सबै खेलहरुको चौतर्फी बिकास गर्ने बताउदै कुस्ती खेलको प्रशिक्षणलाई लगातार संचालन गर्न करबोलामा कूस्ती खेलको सेड छिटै निर्माण गर्ने घोषणा गर्नुभयो । उहाले महानगरपालिका नगरबासीको चाहनालाई सकार पार्न आफु हरेक क्षेत्रको विकासको लागी लागीरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।