जितपुरमा व्यापार महोत्सवको तयारी हुंदै

4

मनोज साह
बारा, १ फागुन ।
जितपुरसिमरा उपमहानगरपालिकामा दोस्रो जितपुर बृहत खेलकुद सांस्कृतिक एवं ब्यापार मेलाको तयारी हुदैछ । सो मेला यही फागुन १६ गते देखि २६ गते सम्म चल्ने छ । एैतिहासिक नगरि पृथक पहिचान जितपुरको शान भन्ने मुल नाराका साथ महोत्सव जितपुर बजारको शन्ति टोल स्थित खुल्ला मैदानमा आयोजना हुन लागेको छ । महोत्सवमा उधोग प्रतिष्ठानहरुको प्रदर्शनी तथा बिक्री, अटोमोबाइल तथा सवारी सधानहरुको प्रदर्शनी, बिभिन्न जातजाति र समुदायको सांस्कृतिक झाँकीहरु, ख्याती प्राप्त खेलाडीहरुको सहभागितामा कुस्ती, कराते, भलिबल, खेल प्रतियोगिता बाल उधान तथा बिभिन्न मनोरन्जनत्मक खेलहरुको प्रदर्शन गरिने महोत्सवका उपाध्यक्ष कृष्ण गुप्ताले जानकारी दिनुभयो ।
करिब ६३ लाखको अनुमानित लागत लाग्ने महोत्सवमा विभिन्न उपसमितीहरु गठन गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जितपुरका वडा अध्यक्ष रामबाबु गुप्ताको बिशेष उपस्थितिमा मुल समिति र उपसमितिहरु गठन गरिएको हो ।
मुल समितिको अध्यक्षमा वडा ७ का वडा सदस्य शक्ति गुप्ता, उपध्यक्षमा कृष्ण गुप्ता । मोतिआलम अंसारी, रञ्जन कुमारी झा, सचिवमा श्री राम साह कानु, सह–सचिवमा बिबेक सोनार, कोषअध्यक्षमा प्रिन्स गुप्ता, सदस्यहरुमा दिपक गुप्ता, सदिप गुप्ता, शम्भु गुप्ता, सोना कुमार साह, सुन्तली अधिकारी र फिरोज अंसारी रहेका छन् ।