डिजेलमा पानी मिसिएपछि बबाल

5

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा स्थित बोलबम पेट्रोल पम्पमा बुधबार पानी मिसिएको डिजल बेचेकोमा दुईवटा गाडीको इन्जिन सिज भएको छ । मनोज गुप्ताको नाममा रहेको सो पेट्रोल पम्पमा जेसिबी कम्पनीद्वारा संचालित ना१क ९०५१ नम्बरको टेलर र सुश्री जगदम्बा ट्रेडर्स कन्सर्स कम्पनीको नाममा रहेको बा२०च ७४४८ नम्बरको कारको इन्जिन सिज भएको हो ।

सो बारेमा सवारीधनीले प्रहरीलाई खबर गरी वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्रबहादुर मल्लको टोली, गाडीधनी र टोलबासीको सहयोगमा सो पम्पका डिजेल चेकजाँच गर्दा डिजेलमा पानी मिसिएको भेटिएपछि प्रहरीले सो पम्पका मैनेजर शशी कुमार पटेललाई नियन्त्रणमा लिईएको थियो । सो कार्यमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक अधिकारी नेत्र प्रसाद अधिकारी, नापतौल गुणस्तर विभागका शुसान्त चौधरी, नेपाल आयल निगमका अधिकृत मथुरा प्रसाद पौडेल लगायतको टोलीले सो पेट्रोलपम्पको तेल चेकजाँच गर्दा पानी मिसिएको भेटिएपछि सो पेट्रोलपम्पलाई जिल्ला प्रशासन कार्यालय पर्साको रोहबरमा सिलबन्दी गरिएको थियो ।