नियमित अनुदान दिने तयारी

17

संतोष रन्जितकार
वीरगंज, १ फाल्गुन ।
पर्साको १५ वटा बिद्यालयहरुमा रु २ लाखको दरले अनुदान जाने भएको छ । भिस्वा होटल, वीरगंजमा बुधबार बसेको जिल्ला शिक्षा समन्वय ईकाई समिती पर्साको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला शिक्षा समन्वय ईकाई समिती पर्साका अध्यक्ष कृष्ण सिग्देलको अध्यक्षतामा बसेको बैठकले धोबिनी गाउँपालिकाका ५ वटा र बिन्दवासिनी गाउँपालिकाको ३ वटा बिद्यालयलाको भागमा परेको २ लाखको दरले जाने रकम कटौती गर्ने पनि निर्णय गरेको छ ।
धोबिनी र बिन्दवासिनी गाउँपालिका गरी ८ वटा बिधालयमा बिधालय ब्यवस्थापन समिती गठन नरहेको र गठन गर्न परिपत्र गर्दा पनि गठन गर्न नसकेकोले अनुदान रकम कटा गरीएको समितीका सदस्य तथा अभिभावक संघका अध्यक्ष अमर गौतमले बताए ।
बैठकले वीरगंज महानगरपालिका अन्तर्गतका २ वटा बिद्यालय श्री नेपाल रेल्बे माध्यमिक बिद्यालय वीरगंज र श्री पंडीत रामधनी तिवारी निम्न माध्यमिक बिधालय छपकैया, पकहामैनपुर गाउँपालिकाको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय गदियानी पोखरीया, श्री हरिहरराज उपाध्याय प्राथमिक बिधालय खेस्राहा, छिपहरमाई गाउँपालिकामा श्री रामअज्ञा साह प्राथमिक बिधालय, श्री नवगावा माध्यमिक बिधालय चेरगाहा, पर्सागढी नगरपालिकामा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय बगवाना, ठोरी गाउँपालिकामा श्री नेपाल राष्ट्रिय ब्रम्हपुरी निम्न माध्यमिक बिधालय ठोरी, पटेर्वासुगौली गाउँपालिकामा श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय देउरिया, पोखरीया नगरपालिकामा श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय जगतपुर, जगरनाथपुर गाउँपालिकामा श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय पिडारीगुठी, जिराभवानी गाउँपालिकामा बितो महतो जनता माध्यमिक बिधालय नयकाटोला जीतपुर, सखुवाप्रसौनी गाउँपालिकामा श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय देउरबाना, कालिकामाई गाउँपालिकामा श्री शशीधर तिवारी प्राथमिक बिधालय बिरञ्चीबर्वाका लागी अनुदान रकम छुटयाएको हो ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत पर्साका १ सय १५ बिद्यालयमा २ लाखको दरले रकम जाने भएकोले बांकी बिद्यालयका लागी बुधबार निर्णय गरिएको स्रोत ब्यक्ति भरत सहनीले बताए ।