पूर्व सांसद रुंगटाद्वारा न्युज २४ दैनिक पत्रिकाको बिमोचन

29

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
वीरगंज न्युज २४ दैनिक पत्रिकालाई बुधबार एक समारोह बीच बिमोचन गरिएको छ । पुर्व सांसद एवम् नेपाली का·्रेसका नेता अनिल रु·टाले सो पत्रिकाको बिमोचन गर्नु भएको हो । पत्रिकाका प्रकाशक अखलेश साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बञ्जारा, वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया, ४ का अध्यक्ष जगत प्रसाद साह कानु, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरी, नेपाली का·्रेसका रामरुप कुर्मी, नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज)पर्साका उपाध्यक्ष अजित कुमार भुजेल, वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं, सानो पाईलाका अजितम पाण्डे, प्याब्सन पर्साका पुर्व अध्यक्ष श्याम केसी, मार्टिन मुक्तान लगायतको सहभागिता रहेको थियो । वीरगंज न्युज २४ दैनिक पत्रिकाका प्रकाशक अखलेस साह, प्रबन्ध निर्देशक प्रदिप कुमार चौरसिया, कार्यकारी सम्पादक युवराज खडका, सह–सम्फादक हेमन्त तामाङ, सल्लाहकार मार्टिन मोक्तान, राम सुन्दर चौधरी लगायतको टिम रहेको छ । कार्यत्रमको संचालन हेमन्त तामाङले गर्नु भएको थियो ।