संतोष रन्जितकार
वीरगंज, १ फागनु ।
विश्व रेडियो दिवसको अवसरमा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल फ्रदेश २ को आयोजनामा वीरगंजमा अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । वानका प्रदेश २ का अध्यक्ष आरसी यादवको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष केसी लामिछाने, पर्सा शाखा अध्यक्ष श्याम बञ्जारा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरिक्षक रेवती ढकाल, राजपा नेपालका महासचिव शिव पटेल लगायतकाले रेडियोका आवश्यकता, महत्व र उपयोगिताको बारेमा प्रष्ट पार्नुभएको थियो । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई सम्मानित समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी राजेन्द्र सिंहले गर्नुभएको थियो ।