लागुऔषध सहित एक पक्राउ

6

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया पर्साबाट खटेको प्रहरी टोलीले मंगलबार चेकजाँच गर्ने क्रममा लागुअैँषध इन्जेक्सन सहित पक्राउ गरि प्रहरी बुधबार सार्वजनिक गरेको छ । सो प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दक्षिण भारतको रक्सौलबाट उत्तर वीरगंज तर्फ शंकास्पद रुपमा ना ८ प ५१५१ नं.को मोटरसाइकलमा सवार व्यक्तिलाई रोकी चेकजाँच गर्दा भारत हरिपुर पश्चिम चम्पारण बिहार घर भई हाल जि.पर्सा वीरगंज म.न.पा. वडा नं. २३ बस्ने रियाजुल मियाँको छोरा वर्ष २२ को साहिल मियाँ भन्ने नुरुल हकको साथबाट लागु औषध ईन्जेक्सन नुर्फिन ५०० पिस, डाईजिल्याव ५०० पिस र फेनारगन ५०० पिस फेला परेको थियो । प्रहरीले सो लागुऔषध र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।