सांसद यादवद्वारा भवन निर्माणको शिलान्यास

24

संतोष रन्जितकार
वीरगंज, १ फागुन ।
पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादवले बुधबार एक कार्यक्रमबीच वीरगंज महानगर वडा नं. २२ मनियारी टोलमा नमुना मुसहर बस्ती भवन निर्माणको शिलान्यास गरेका छन । वीरगंज महानगर वडा नं. २२ मनियारीमा नमुना दलित मुसहर टोलमा सामुदायिक दलित भवनको सांसद यादवले शिलान्यास गरेका हुन् । उक्त भवन स्थानिय पुर्वधार विकाश साझेदारी कार्यक्रम र वीरगन्ज महानगरपालिकाको सयुंक्त लगानीमा ४२ जनाका लागि घर निर्माण गर्न थालिएको छ ।
प्रत्येक परिवारका लागी १० फिट बाय १० फिटका २ कोठा र एउटा शौचालय निर्माण गरिने छ । उनले स्थानिय पुर्वधार विकाश साझेदारी कार्यक्रम अन्तरगतबाट ९० लाख बजेट विनियोजन गरेको र ३० लाख वीरगन्ज महानगरपालिकाले दिने सांसद प्रदिप यादवले बताए ।
यता नमुना मुसहर बस्ती भवन निर्माण पछि जगदम्बा सिमेन्टका संचालक राजेश अग्रवाल बस्तीमा स्कुल बनाईदिने उदघोष समेत गरेका छन ।
कार्यक्रममा सभासदस्य जन्नत अन्सारी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसाल लगायतको उपस्थिति रहेको थियो ।