उद्योग वाणिज्य संघ र भारतीय कार्गो व्यापारी बीच अन्तरक्रिया

33

संतोष रन्जितकार
वीरगंज, २ फागुन ।
कोलकात्ता, हल्दीया पोर्टका पदाधीकारी र वीरगंज उधोग वाणिज्य संघका पदाधिकारी बिच विद्युतीय कार्गो ट्रयाकि· फ्रणाली सम्बन्धी बिहिबार अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ ।
भारत तथा तेस्रो मुलकबाट निर्यात गर्दा वर्षौदेखी तिर्दै आएको डिटेन्स तथा समान टुटफुटको झन्झटबाट नेपाली व्यवसायीहरु अब मुक्त हुने भएको छ ।
भु–परिवेक्षित राष्ट्रमा सडक सञ्जाल सुरक्षित तथा व्यवस्थित पार्न एशियन डेभलोपमेन्ट बैक (ब्म्ख्) को सहयोगमा विद्युतीय कार्गो ट्रयाकि· प्रणाली सुरु भएसंगै यस्तो समस्या हट्ने कोलकता, हल्दीया पोर्टका पदाधीकारीहरुले दाबी गरेका छन् ।
वीरगंज उधोग वाणिज्य संघका पदाधिकारी बिच बिहिबार सम्पन्न छलफल कार्यक्रममा कोलकात्ता पोर्ट ट्रष्टका अध्यक्ष बालाजी अरुण कुमारले विद्युतिय ट्रयाकि· प्रणाली व्यवसायीहरुका लागी बोनस रहेको बताएका थिए । यस प्रणालीका लागी भने ३५ सय रुपैयाँ थप तिरेर यस प्रविधिबाट एप्स मार्फत कन्टेनर चेकजाँचको प्रक्रिया देख्न मिल्ने तथा कहाँ कुन अवस्थामा छ भन्ने सम्मको जानकारी पाउन सक्ने हल्दीया पोर्ट ट्रष्टका जेनरल म्यानेजर सपन अहरोयले बताए । उनका अनुसार यस विद्युतिय ट्रयाकि· प्रणालीले समय र पैसाको बचत हुने उनले दाबी गरे ।
यस प्रणलीबाट नेपाली आयातकर्ताले सामान बुझिसकेपछी पनि सक्कली कागजात सम्बन्धीत पोर्ट सम्म नपुगुन्जेल अर्को सामान मगाउन नसक्ने बाध्यता समेतको अन्त्य भएको नेपालस्थित ड्राईपोर्ट कार्यालय कन्कर इण्डिया कम्पनीका विष्णु चौधरीले बताए । एप्समा जोडिएको डिभाईस र सामानको सहि यकिन गरी विद्युतीय कार्गो ट्रयाकि· प्रणालीका प्राविधिकहरुले नै ईमेल मार्फत सम्बन्धीत पोर्टलाई जानकारी गराईसक्ने भएकाले हप्तौदिन सम्म पर्खिनुपर्ने बाध्यता हटेको बताए ।
उधोग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोपाल केडियाले यस प्रविधि ट्रक तथा कन्टेनरका लागी समेत व्यवस्था हुनपर्नेमा जोड दिएका थिए । ढिलो भएपनी यस प्रविधिले नेपाली व्यवसायीले भोग्दै आएको समस्या निर्कोल भएकोमा खुशी व्यक्त गरेका थिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोपाल केडियाज्यूको सभापतित्वमा सम्पन्न भएको इलेक्ट्रोनिक कार्गो ट्रैकिंग सिस्टम (झ्ऋत्क्) अन्तरक्रिया कार्यत्रममा हल्दीया पोर्टका चेयरमेन सपन साहराय, कोलकाता पोर्टका केप्टेन श्री हिमान्शु, भ्भिअतचयलष्अ ऋबचनय त्चबअपष्लन क्थकतझ कम्पनीका प्रमुख श्री उदिप चौधरी, भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत कोट्रास्वामी, हिमालयन ट्रमिनलका सिइओ श्री विष्णुकान्त चौधरी, संघका पूर्व अध्यक्ष अशोककुमार टेमानीका साथै संघका पदाधिकारी, कार्यसमित सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।