नेविसंघद्वारा भेटघाट कार्यक्रम

39

वीरगंज, २ फागुन ।
नेविसंघ पर्साद्वारा ठाकुरराम बहुमुखी क्याम्पसमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेविसंघका नवनिर्वाचित ठाकुराराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष अजय कुमार कर्णको नेतृत्वमा बिहिबार सो चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रमको प्रमुख अतिथि ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व सभापति बैकुण्ठ श्रीवास्तव रहेका थिए भने विशिष्ठ अतिथि पूर्व केन्द्रिय सदस्य बद्री नारायण तिवारी रहेका थिए । कार्यक्रममा नेविसंघका सुधिर पटेल, जिल्ला सभापति विश्वास रंजन द्विवेदी, विद्यार्थी नेता कृष्ण कुमार उपाध्याय, मुनराज तिवारी, जितेन्द्र मिश्रा, ओमेश्वर साह ललन सहनी, लगायतका विद्यार्थी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/