मेरो गाउँ मेरो ठाउँ भन्ने नाराका साथ वि विल राइज फाउण्डेशनद्वारा देश व्यापी कार्यक्रम

10

संतोष रन्जितकार
वीरगंज, २ फागुन ।
मेरो गाउँ मेरो ठाउँलाई पर्यटकीय स्थल बनाउने अवधारणा राखेर ॅवि विल राईज’ फाउन्डेशनले वीरगंजमा एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । बिहिवार वीरगंजको होटेल कुमु प्यालेसमा गरेको सो सम्मेलनमा सो कुराको जानकारी फाउन्डेशनका निर्देशक निर्मल श्रेष्ठले जानकारी गराउनु भएको थियो । नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने उद्देश्यले फाउन्डेशनले नेपाल पर्यटन बोर्डसंग सहकार्य गर्दै ऊक्त कार्यत्रमको घोषणा गरेको हो । आफु बस्ने ठाउँ र गाउँहरुमा पर्यटक भित्र्याउन कुनै पनि चिजहरुको जस्तै संस्कृति, भेषभुसा, खानपान, कला आदि बिषयलाई आधार बनाएर भिडियो तयार पारी फाउन्डेशनको आधिकारिक बेवसाईट ध्ध्चा।यचन।लउ मा गएर भिडियो च्यालेन्जमा फर्म भरेर जानकारी गराउन सक्ने पनि बताए । यस प्रतियोगितामा भाग लिन कुनै किसिमको शुल्क समेत नलाग्ने उनले बताए । निर्णायकहरुबाट चयन भएको उत्कृष्ट भिडियोहरुलाई फाउन्डेशनको युट्युब च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने र सर्वाधिक लाईक कमेन्ट र शेयर हुने भिडियोलाई पिपुल्स च्वाईस एवार्ड प्रदान गरिने छ । दुबैमा पहिलो भिडियोले १–१ लाख नगद पुरस्कार पाउने छ ।
यो बाहेक नेपाल फिल्म एकेडेमी करिब २ लाख बराबरको छात्रवृत्ति समेत दिने छ । प्रतियोगिताको फस्ट रनरअप हुने भिडियोले ५० हजार र सेकेन्ड रनरअप हुनेले २५ हजार पाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यो जनवरी १ तारीख देखि ४ महिना सम्म चल्ने छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासघ प्रदेश नं.२ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल लगायतको सहभागिता रहेको थियो ।