विद्यार्थीहरुलाई ब्याग वितरण

14

संतोष रन्जितकार
वीरगंज, २ फागुन ।
श्री माईस्थान बाल विद्या मन्दिर ईन्दुलाखे आधारभुत विद्यालय वीरगंज महानगरपालिका वडा नं. ७ गहवाका विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको छ । द हेल्पपेज नेपाल वीरगंजले एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत १ सय ५० जनालाई ब्याग वितरण गरेको हो । विद्यालयका प्रधानाध्यापक रामजी प्रसाद चौहानको अध्यक्षतामा र लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा भएको ब्याग वितरण कार्यक्रममा नरोत्तम पाण्डे, अजित पाण्डे, रतेन्द्र दास, अनिल यादव, छोटेलाल साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक उमेश गुप्ताले गरेका थिए ।