कुष्ठरोग निवारण प्रति पत्रकार र नगरपालिकाबीच अन्तरक्रिया

55

संतोष रन्जितकार
वीरगंज, ३ फागुन ।
पर्साको पोखरीया नगरपालिका कुष्ठरोग जोखिममा परेको सुचकांकले देखाएको छ । कुष्ठरोग निवारण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको पत्रकार र नगरपलिकाका पदाधिकारी बिचको अन्तरक्रिया कार्यक्रममा जिल्ला क्षयकुष्ठ अधिकृत शम्भु थापाले कुष्ठ रोगीको तथ्यांक प्रस्तुत गर्दै नगरपालिका जोखिममा परेको बताए ।
कुल ३७ हजार १ सय ६७ जनसंख्या रहेको पोखरीया नगरपलिकामा पहिला ९ जनामा कुष्ठरोग फेला परेको थियो भने ३५ हजार ८ सय ६ जनाको सर्वे गर्दा ७९ जनामाथि शंका गरिएको थियो, जसमध्ये १३ जना कुष्ठरोगी भेटेका थिए । सर्वे अगाडी ९ जनाको उपचारका लागी औषधी चलिरहेको र सर्वे यता नयाँ ४ जना फेला परेकोले पोखरीया नगरपालिकाको जोखिम कायमै रहेको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
प्रस्तुत गरिएको तथ्यांक अनुसार ४ जना नयाँ रोगी मध्ये ३ जना महिला रहेको र २ जना १४ बर्ष मुनीको नाबालिक रहेको र १ जना पुरुष रहेका छन । पोखरीया नगरपालिकाको शिव बर्वामा १ जना महिला, गोबिन्दपुरमा १ जना महिला, श्रीसियामा १ जना पुरुष र बसन्तपुरमा १ जना महिला रोगी फेला परेका थिए । आर्थिक बर्ष २०७४/०७५ मा पर्सा जिल्लामा १ सय १७ जना बिरामीहरुले उपचार गराउने तथ्यांक छ ।
१ जना रोगीबाट १ देखी ३ जनामा यो रोग सार्न सक्छन । रोगी २ बर्ष देखी ५ बर्ष भित्रमा देखा पर्ने क्षयकुष्ठ अधिकृत शम्भु यादवले बताए । पोखरीया नगरपािलकाका स्वास्थ्य सह–संयोजक रामबिनय गुप्ताका अनुसार कुल जनसंख्या मध्ये १३ सय ५९ जनाको सर्वे गर्न बांकी रहेकोले थप रोगी बढ्न सक्ने अनुमान गरिएको छ ।
घरबाहिर रहेका ती जनसंख्याले पनि थप जोखिम दिने भएकोले पोखरीया नगरपलिकाका मेयर दिपनारायण रौनियारले जसरी भए पनि सर्बे गरी रोगी पहिचान गरी निवारण गर्नु पर्ने कुरामा जोड दिएका थिए । २०२० सम्म १० हजार जनसंख्यामा शुन्य रोगी भेटने लक्ष्य अनुसार अगाडी बढ्ने कुरामा प्रमुख रौनियारको जोड थियो ।
कार्यक्रममा उप मेयर सलमा खातुनले अधिकांश दलित बस्तीमा छाला रोग देखा पर्ने भएकोले बिशेष ध्यान दलित बस्तीमा दिनु पर्ने बताइन ।

https://ankushdaily.com/