चरेस सहित दिदी–बहिनी पक्राउ

31

संतोष रन्जितकार
वीरगंज, ३ फागुन ।
सशस्त्र प्रहरी बलले वीरगंज भन्सार गेट नजिक चेकजाँचको क्रममा शुक्रबार चरेस सहित दिदी बहिनीलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलले चेकजाँच गर्ने क्रममा भारत हरियाना घर बताउने महेश साहको छोरीहरु अन्दाजी बर्ष ३२ कि निशा साहको साथबाट ४ केजि (८ पोका) र बर्ष ३० कि सोनाली साहको साथ बाट ५ केजि (१० पोका) चरेस शरीरमा सेटिङ्ग गरि लुकाई छिपाई नेपालबाट भारतको रक्सोल तर्फ लैजादै गरेको अवस्थामा दुबै दिदी–बहिनीलाई नियन्त्रणमा लिईएको थियो । पक्राउ परेका दिदी–बहिनीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताउनु भएको थियो । त्यसैगरी सम्मानित बारा जिल्ला अदालतको मिति २०७३/०२/१८ गतेको फैसला आदेश अनुसार २ वर्ष कैदका लागी फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी जिल्ला बारा साविक पुरैनिया गा.बि.स.वडा नं.२ हाल फेटा गाउँपालिका वडा नं. ७ बस्ने रामनाथ महतोको छोरा बर्ष १९ को परिवर्तित नाम पुरैनिया १५ (क) भन्ने जितेन्द्र महतो नुनियालाई शुक्रबार बारा फेटा गाउँपालिकाबाट खटेको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेकालाई बारा जिल्ला अदालतमा प्रस्तुत गरि अदालतको आदेश अनुसार निजलाई २ वर्ष कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको थियो ।