लेखापढी व्यवसायीहरुद्वारा मालपोत कार्यालयको सम्पूर्ण कामकाज ठप्प

23

संतोष रन्जितकार
वीरगंज, ३ फागुन ।
वीरगंज मालपोत कार्यालयका प्रमुख बमबहादुर विकले संचारमाध्यम मार्फत लेखापढि गर्नेहरु दलालहरु हुन भन्ने शब्द प्रयोग गरेको विषयलाई लिएर शुक्रबार मालपोत कार्यालयको सम्पुर्ण कामकाज ठप्प पारेको र कार्यालय प्रमुखले माफी नमागेसम्म काम नगर्ने लेखापढि व्यवसायी संघका अध्यक्षले बताएका थिए । सरकारको तलब खाएर काम गन्नु पर्नेमा सेवाग्राहीहरुलाई दुःख दिने काम गर्दै आईरहेको र सो कार्यालयका प्रमुखहरु बिना पैसामा फाईल अगाडि बढाउन समेत नमान्ने मालपोतका लेखनदास जोधालाल साहले आरोप लगाएका थिए । मठ भिडाउने काममा २०० देखी १००० सम्म लिने त्यसपछि ईन्ट्रिमा जांदा ५०० दिनु पर्ने बाध्यता रहेको छ । मालपोतमा लिखितको ५०० लिने र अन्स बन्डाको २ हजारसम्म लिने गर्छन भने हाल साबिक, मोहि कट्टा वा कुनै फाईल आएमा १००० देखि २००० सम्म लिने गरेको एक सेवाग्राही नाम नछाप्ने शर्तमा जानकारी गराएका थिए । पैसा खाने अधिकृतहरु सोनी कुमारी साह, सुमन झा रहेको तर सुचना अधिकारी अहिले सम्म पैसा माग नगरेको जानकारी गराए । त्यसैगरी सो विषयमा कार्यालय प्रमुख विक संग बुझ्दा मैले कुनै संचारमाध्यममा कुनै त्यस्तो कुरा नबोलेको तर शुक्रबार लेखापढि गर्नेहरुले कार्यालयमा आई नाराबाजी गरेको हुंदा म आफै दङ्ग परेको बताए । लेखापढी व्यवसायीहरुले कुरै नबुझी नाराबाजी गर्नु राम्रो नभएको प्रमुख विकले बताए ।