वीरगंज, ३ फागुन ।
समाजवादी विद्यार्थी फोरम नेपाल पर्साको वरिष्ठ उपाध्यक्ष कृष्णकुमार चौरसियाको नेतृत्वमा बिहिबार भारतको काश्मिरमा घटित घटनाको ४० जना सैनिक आत्मघाती विस्फोटमा परी मृत्यु भएकोमा मृतक सैनिक जवानहरुप्रति हार्दिक श्रद्धाञ्जली कार्यक्रमको आयोजना वीरगंज घण्टाघरमा द्विप प्रज्वलन गरी मृतक सैनिकहरुप्रति मौन धारण समेत गरिएको थियो । सो कार्यक्रममा समाजवादी विद्यार्थी फोरम पर्साका करन पटेल, रबि गुप्ता, दिलखुस देवान, दिलिप रौनियार, अरुण मिश्रा लगायतको सहभागिता रहेको थियो ।