हुण्डाई नयाँ स्यान्ट्रो कारको देशव्यापी सार्वजनिक

60

संतोष रन्जितकार
वीरगंज, ३ फागुन ।
नेपालको लागि हुण्डाई मोटरको एक मात्र अधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टल प्रा.ली.ले उत्कृष्ट फेमिली ह्याचब्याक तथा नयाँ युगको टेक्नोलोजी ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफमेन्सका साथ दिअल न्यु स्यान्ट्रो हुण्डाई पुनः नेपाली बजारमा भित्र्यिाएको छ । हुण्डाई मोटर्स र लक्ष्मी कन्टीनेन्टल प्रा.ली.को १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको सोल्टी क्राउन प्लाजामा सार्वजनिक गरेको हो ।
हुण्डाई स्यान्ट्रोको अघिल्लो संस्करणले नेपालीहरुको मन जित्न सफल थियो । र यो नयाँ मोर्डन स्यान्ट्रोले पनि ग्राहकहरुको मन जित्न सफल भई ग्राहकहरुको बदलिदो मांगलाई पुरा गर्न सफल हुनेछ । नया स्यान्ट्रोले आफ्नो ग्राहकहरुलाई मोडर्न र प्रिमियम अनुभव दिन सफल हुनेछ । यसको विशेषताहरु १७६४ से.मि. स्मार्टफोन कन्टेभिटि तथा भ्वाइस रिग्नीसन जडित अडियो, भिडियो प्रणाली, रियर पार्किङ्ग क्यामरा, नयाँ १.१ लिटर, ४ सिलिण्डर पेट्रोल इन्जिन जसले ६९ पि.एस. पावर र १०.१ के.जि.एम.को टर्क प्रदान गर्ने र दोहोरो फ्रन्ट एयर बैग समेत रहेको छ ।
नेपालीहरुको लागि हुण्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाईले सदैव आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ । शुक्रबार देशव्यापी रुपमा सो स्यान्ट्रो गाडीको सार्वजनिक गरिएको वीरगंजका अधिकारिक बिक्रेता अर्किड्स मोटो कर्प प्रा.ली.का व्यवस्थापक धिरज कर्णले जानकारी दिनुभयो ।

https://ankushdaily.com/