संतोष रन्जितकार
वीरगंज, ४ फागुन ।
किरात राई यायोक्खा पर्सा जिल्लाको तेस्रो अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिती सर्वसमतिबाट चयन गरेको छ । सो नयाँ समितिको अध्यक्षमा बाबुराम चाम्लिङ राई, उपाध्यक्ष नर बहादुर दुमि राई, महिला अध्यक्षमा दिपिका वाईङ राई, सह–सचिव प्रशल राई, कोषाध्याक्ष चन्द्र वान्तावा राई र सदस्यहरुमा सकुन्तला वान्तावा राई, रोशन वान्तावा राई, हरि राई रहेका छन । कार्यक्रममा नेपाल पत्रकार महासघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. २ का ईन्चार्ज निरज पिठाकोटे मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जरा लगायकाले सफल कार्यकालको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।