प्रथम वार्षिक समारोह सम्पन्न

36

संतोष रन्जितकार
वीरगंज, ४ फागुन ।
वीरगंज पाठशाला बोर्डिङ्ग स्कुलले शनिबार पहिलो वार्षिक समारोह भव्य रुपमा मनाएको छ । सो समारोह स्कुलका प्रधानाध्यापक श्रीमति बिजया औझैयाको अध्यक्षता गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका श्याम बञ्जारा रहेका थिए । प्रमुख अतिथि अध्यक्ष बञ्जाराद्वारा बैलुन उडाई सो समारोहको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा सांगेतिक नाचगान समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा वीरगंज पाठशालाका चेयरमैन संदिप रौनियार, ग्लोबल बिजनेस कलेजका प्रिन्सिपल श्रीराम दास, भिजिट मधेश नेपालका अध्यक्ष ओमप्रकाश सर्राफ, ग्लोबल बिजनेश कलेजका ओमप्रकाश श्रेष्ठ, लायन्स क्लबका केन्द्रिय गुडी जोशी लगायतको उपस्थिती रहेको थियो ।