बसपार्कमा प्रहरीद्वारा खुल्ला शौच गर्ने ठाउँमा ढलान

6

संतोष रन्जितकार
वीरगंज, ४ फागुन ।
वीरगंज स्थित बसपार्क नजिकै रहेको वडा नं. ८ पानीटंकीको मुख्य सडकमा यात्रुहरुलाई शौचालयको ब्यबस्था नभएको कारण बाध्यता बस खुल्ला शौच गर्नुपर्ने कारणले सो सडक पूर्ण रुपमा दुर्गन्धित भएको छ । सो सडकमा स्थानीय तथा यात्रुहरुलाई हिड्न समेत कठिनाइ भएको एक यात्रुले बताए । कठिनाइ भएका कारण यस वडाका वडा अध्यक्ष र मेयरलाइ बारम्बार स्थानीयहरुले शौचालय ब्यबस्था गरिदिन भन्दा पनि कुनै किसिमको चासो लिएको छैन ।
बसपार्क प्रहरी चौकीका इन्चार्ज प्रनानी बैधनाथ दासको नेतृत्वमा आप्mनै प्रहरी चौकीका प्रहरी जवानहरुको सहयोगमा सो सडकको छेउछाउ ढलान गरि शौचालय निर्माण गर्न लागि परेका छन् । स्थानीय तहका जन प्रतिनिधि हुदा–हुदै पनि यो कार्य न हुनु लज्जास्पद कुरा रहेको यात्रु तथा स्थानीयहरुको गुनासो रहेको छ ।