संतोष रन्जितकार
वीरगन्ज, ४ फागुन ।
युवा संजाल राजपा नेपालद्वारा वीरगंजले भारतको फुलवामा भएको आतंकवादी हमलामा सहिद भएका भारतीय सेनाका जवान प्रती वीरगन्जको घण्टाघर नजिक एक कार्यकम विच श्रद्धाञ्जली कार्यकम गरेका छन । संजालको अध्यक्ष सगीर अलीको अध्यक्षतामा भएको कार्यक्रममा राजपा नेपालका महासचिव राजेश मान सिंह, पर्सा जिल्ला अध्यक्ष प्रेमबाबू पटेल, प्रदेश सभा सदस्य रमेश कुर्मी, जिल्ला सचिव उमेश सहनी, राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष मधुसूदन चौरसिया, ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष अमित यादव, अफरोज आलम, नेताहरू रियाज मियाँ ठकुराई, अब्दुल अंसारी, रामबाबु पासवान, अब्दुल क्युम, किशोरी ठकुराई, युवा नेताहरू लियाकत अली, अफरोज मंसुरी, समीर मियाँ, अफसर अंसारी, शिव जी साह लगायतको उपस्थिति रहेको थियोे ।