अन्तरक्रिया कार्यक्रम सम्पन्न

3

संतोष रन्जितकार
वीरगंज, ५ फागुन ।
आसमा नेपाल तथा नेपाल युथ फाउण्डेसनको संयुक्त आयोजनामा आइतबार वीरगंज महानगरपालिका वडा नं. २४ बहुअरीमा अन्तरक्रिया तथा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । आसमा नेपालका अध्यक्ष मंन्जु राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष गौरीशंकर द्विवेदी, वडा सदस्य रामकेश्वर कुशवाहा, स्थानिय आलोक मेहता, होरील गिरी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पब्लिक एफ.एमका रेडियो पत्रकार श्याम सरार्फले गरेका थिए भने कार्यक्रमको सहजीकरण विकास कूशवाहाले गरेका थिए ।