मनोज साह
जितपुर बारा, ५ फागुन ।
गरिब दलित असहायलाई आइतबार शौक्षिक समाग्री बितरण गरिएको छ । जितपुरमा रहेको नारी शक्ति बिकास मञ्च जितपुरले आयोजना गरेको कार्यक्रममा गरिब, दलित तथा असहाय बालबालिकालाई शौक्षिक समाग्री बितरण गरेको हो । सो कार्यक्रमका प्रमुख अतिथि नेकपाका युवा नेता सुनिल गुप्ता रहेका थिए भने नारी शक्ति बिकास मञ्चका अध्यक्ष आशा दहालको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमका पुर्व गाबिस अध्यक्ष देवनारायाण चौधरी, नेपाली कांग्रेसका नेता शोभाकर पराजुली, जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडासदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, न्याय समितका सदस्य क्यामुदिन अंसारी, महिला नेत्री गंगा काफ्ले, दुर्गा मन्दिरकी अध्यक्ष मुनी पाठक, समाजसेवी अफताब आलम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहजीकरण सुजता लमिछनेले गर्नु भएको थियो ।