छातपिपरामा जेष्ठ नागरिकलाई कम्बल वितरण

21

मनोज साह
जितपुर बारा, ५ फागुन ।
बाराको छातपिपारमा जेष्ठ नागरिकलाई कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ९ छातपिपरा वडा कार्यालयद्वारा सय जना जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका वडा ९ का वडा अध्यक्ष प्रभुनाथ चौधरीले सो कम्बल बितरण गरेका थिए । कम्बल बितरण कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा ९ का सदस्य अनिता चौधरी, प्रभा देवी पासवान, राधेश्याम चौधरी, लक्ष्मी चौधरी, वडा ९ का सचिव संगिता चौधरी, लगायतको उपस्तिथी रहेको थियो ।