ड्रम सहित बोटविरुवा हस्तान्तरण

35

संतोष रन्जितकार
वीरगंज, ५ फागुन ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त आयोजनामा र प्रकृती सेवा प्रतिष्ठान वीरगंजको सहयोगमा आईतबार एक समारोहको बीच २४ जातका बोट–बिरुवाहरु रोटे«क्ट क्लब अफ वीरगंजलाई ड्रम सहितको बोट–बिरुवा हस्तान्तरण गरिएको छ । रोटे«क्ट क्लब अफ वीरगंजका अध्यक्ष लव कुमार चौरसियाको सभापतित्व र सामुदायिक सेवा केन्द्र श्रीपुरका महिला उपाध्यक्ष रेखा घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव दिलिप प्रधान, समाजसेवी अनिस कुशवाहा, सामाजिक अभियन्ता प्रकाश थारु, माट्रिका आई फाउन्डेसनका डा.महेश सिंह धामी, पन्डित पुरुषोतम दुबे, वडा नं. १४ का वडाअध्यक्ष भरत कुर्मी, संचारकर्मी अजित भुजेल लगायतको सभागिता रहेको थियो ।