प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय

4

संतोष रन्जितकार
वीरगंज, ५ फागुन ।
पर्सामा ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको जिल्ला स्तरिय समन्वय मुल समारोह समितीको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहम्मद अंसारीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरिय प्रजातन्त्र मुल समारोह समिती पनि गठन गरेको छ । समन्वय समितीका संयोजक रहने गरी वीरगंज महानगरका प्रतिनिधी, विभिन्न कार्यालय प्रमुख, सुरक्षा प्रमुख, उधोग बाणिज्य संघ, गैरसरकारी संस्था महासंघका अध्यक्ष, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष रहने समिती गठन गरिएको थियो ।
समितीको बैठकले ६ गते प्रत्येक कार्यालयको सरसफाई गर्ने र ६, ७, ८ गते सम्पुर्ण कार्यालयहरुमा दिपावली गर्ने र जन समुदायमा पनि दिपावली गर्न आग्रह गर्ने, ७ गते प्रभातफेरी घण्टाघरबाट शुरु गरी पुनः घण्टाघरमा आई कोणसभा गर्ने, शहिदहरुलाई श्रद्धाञ्जली र मालार्पण गर्ने, १० गते कर्मचारी मिलन केन्द्रको आयोजनामा कर्मचारी र जनप्रतिनिधी बिच मैत्रीपुर्ण फुटबल नारायणी रंगशालामा गर्ने जस्ता निर्णय गरेको छ ।
फाल्गुन ७ गते नै तेस्रो निर्वाचन दिवस परेकोले निर्वाचन कार्यालयले छुटै बैनर सहित प्रभातफेरीमा सहभागीता जनाउने निर्णय गरेको छ । यसै गरी आइतबार नै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले विभिन्न निर्णय गरेको छ ।
नागरिक वडापत्र बुकलेट तयार पार्ने, योजनाहरुको उपलब्धी लिने दिएन भने सार्वजनिक मुद्दा चलाउने, कार्यालयहरुको बेरुजु फर्छौट गर्ने अभिन्न अंग बनाउने, हरेक महिना रिपोटिंग गर्ने, बस्ती स्थान्तरण तथा बस्ती एकीकृत बस्तीको खाका स्थानिय तह मार्फत लिने र गराउने जस्ता निर्णय गरेको हो ।