दलित उत्थानको निम्ति काम गरिने ः उपमेयर कार्की

11

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
सुन्दर शान्त नेपाल परियोजना अन्तर्गत नागरिक संवाद मंच पर्साद्वारा आयोजित सीमान्तकृत (दलित) समुदायको सवाल र पहुँचको सन्दर्भमा सरोकारवाला एवं लक्षित वर्गका अगुवाहरुको बीचमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी एवं उप–प्रमुख शान्ति कार्कीसंग दलित अगुवाहरुले संवाद र छलफल गरेका थिए । नगरप्रमुख सरावगी एवं उप–प्रमुख कार्कीले सामुहिक रुपमै अब देखी दलितहरुको उत्थान एवं स्तरोन्नति तथा समाजिक विकासको लागी वीरगंज महानगरपालिकाले ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।