प्रहरीद्वारा अवैध कपडा बरामद

30

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटेको प्रहरी टोलीले सोमबार अवैध कपडा बरामद गरेको छ । आइतबार बिहान ३ बजेको समयमा सो प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१६ स्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका कपडाहरु बरामद गरेको थियो । सो बरामद गरेको बिभिन्न सुतिको साडी तथा रेडिमेन्ट कपडा लगायतका सामानहरुको मुल्य रु.४ लाख ४४ हजार४ सय बराबरको रहेको प्रहरीले जनाएको छ । तस्करहरुले सामान ओसार–पसार गर्न प्रयोग गरिएका साईकल–८ थान समेत बेबारिसे अवस्थामा बरामद गरी उक्त बरामद कपडा र साईकलहरुलाई आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय पर्सामा पठाईएको थियो ।