मनकामना विद्यालयको वार्षिकोत्सव सम्पन्न

24

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
मनकामना माध्यमिक विद्यालय वीरगंजको २० औं वार्षिक उत्सव एक समारोह बीच धुमधामका साथ सोमबार मनाईएको छ । मनकामना माबिका संस्थापक किसन प्रधानको सभापतित्वमा र प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा बातावरण मन्त्री माननीय राम नरेश रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राजपा नेपालका केन्द्रिय महासचिव राजेशमान सिंह, प्रदेश नं. २ का कोषाध्यक्ष ईमामुदिन अहमद, राजपा नेपालका केन्द्रिय सदस्य रम्भा मिश्रा, मनकामना माबिका प्रधानाध्यापक पुरन प्रधान, नेपाल पत्रकार महसंघ प्रदेश नं. २ का सदस्य जगत राई, प्याब्सन पर्साका अध्यक्ष हरि शंकर साह, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. २ का ईन्चार्ज निरज पिठाकोटे मगर, सर्व राष्ट्रिय दैनिकका सम्पादक महेशचन्द गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान थापा, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका उपाध्यक्ष अजित भुजेल, एभि न्युज वीरगंजका सुनिल श्रेष्ठ, प्याब्सनका सदस्य एवम निजी विद्यालयका संचालक सुभाष प्रधान, अरबिन्द सिंह, श्याम केसि, सरोज चौरसिया, छेदुक लामा, मार्टिन मुक्तान, बलराम श्रेष्ठ, वडा नं.३ का अध्यक्ष बैजु स्वर्णकार, वडा नं. ४ का सदस्य संजय जोशी, लाल बहादुर गुरुङ, अभिभावक संघ पर्साका अध्यक्ष अमरगौतम लगायतको सहभागिता रहेको थियो । त्यसैगरी मनकामना स्कुलका नर्सरी र एलकेजिका बालबालिकाहरुले आ–आप्mना प्रस्तुती र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।