मालीलाई कर्मबीर लाठको सम्मान

9

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
समाजसेवामा अहोरात्र व्यस्त रहने पर्साको ठोरी गाउपालिका सुवर्णपुर निवासी कृष्णमान मालीले बिहारी लाठ कर्मबीर सम्मान पाएका छन् । रिलिफ सोसाइटी आफ कमर्शको भवनमा सोमबार आयोजित कार्यक्रममा मालीलाई बिहारी लाठ कर्मबीर सम्मान प्रदान गरिएको हो । रिलिफ सोसाइटी आफ कमर्शका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष बिहारी लाल लाठको सातौ पूण्य तिथीको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथी जेष्ठ उद्योगी तथा समाजसेवी रामअवतार खण्डेवालले मालीलाई सम्मान प्रदान गर्नु भएको थियो । विभिन्न समाजिक कार्य तथा परिवर्तनका लागी सदैव कर्म गरीरहने मालीले सो अवसरमा आफु अझै उत्साहित बनेको बताए ।
कार्यक्रममा महिलाहरुलाई स्वरोगारी बनाउन उद्देश्यले १३ थान सिलाई मेसिन प्रदान गरिएको थियो । अशोक लाठको सभापतित्वमा भएको कार्यक्रममा बीरगन्ज महानगरपालिकाका नगरप्रमुख प्रमुख बिजय सरावगी, बीरगन्ज उद्योग वाण्ज्यि संघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, आन्तरिक राजश्व कार्यालयका प्रमुख गोपीकृष्ण कोइराला, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिती रहेको थियो ।