वरिष्ठ प्रहरी उपरिक्षक बज्राचार्य सम्मानित

70

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
वीरगंज आदर्शनगर ग्रीन सिटी सेवा केन्द्र तथा सामुदायिक प्रहरीद्वारा प्रदेश नं. २ का ट्राफिक प्रहरीका प्रहरी उपरिक्षक किरण बज्रचार्यलाई एक कार्यक्रमबीच सोमबार सम्मान तथा मायाको चिनो प्रदान गरेको छ । सो कार्यक्रममा ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले उपरिक्षक बज्रचार्यलाई टिका लगाई बिदाईको साथै आउँदो दिनहरुमा पनि राम्रो कामको लागि शुभकामना दिएका थिए । सो कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, ट्राफिक प्रहरी पर्साका प्रहरी निरिक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा, समाजसेवी डा. शुष्मा तिवारी द्विवेदी, वेलफेयर सोसाइटीका सुरेश रुंगटा, राजपा पर्साका महिला नेतृ रम्भा मिश्रा, समाजसेवी प्रकाश थारु र संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । हालै एसपी किरण बज्राचार्यको पदोन्नती भएर वहाँ वरिष्ठ प्रहरी उपरिक्षक हुनुभएको छ ।

https://ankushdaily.com/