सभ्य बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

25

संतोष रन्जितकार
वीरगंज, ६ फागुन ।
श्री सभ्य बचत तथा ऋण सहकारी सस्था लिमिटेडको सोमबार एक कार्यक्रम बीच कार्यालय उद्घाटन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाका सदस्यहरुलाई सदस्यता प्रमाणपत्र समेत बितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले सो सहकारी संस्थाको नयाँ कार्यालयको उद्घाटन गर्दै सहकारीहरुले सेवाको भावनाले अगाडी बढ्नुपर्ने बताएका छन् ।
मन्त्री यादवले साहँु, किसान र सेयर धनिलाई पनि मर्का नपर्ने गरि संस्थाको उद्देश्य अनुसार सहकारीहरु उत्पादनशिल बस्तुको लगानी गर्न गाउँ–गाउँमा पुग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संघिय समाजवादी फोरम नेपाल प्रदेश नं. २ का विद्यायक प्रहलाद गिरीले सहकारी संस्थाको महत्व संविधानमा उल्लेख भएको नीति नियम परिधि भित्रको परिणाम सहकारीले अझै सम्म दिन नसकेकाले सहकारीले उत्पादनशिल काममा लगानि गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सभ्य बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएर चुक्ता गरेका लक्ष्मी प्रसाद पाठक, बचत कर्ता मनिसा दाहाल लगायत संस्थाका कर्मचारी राजकुमार चौरसिया, प्रबन्धक तथा कर्जा प्रमुख इन्दु रन्जितकार, लेखापाल चन्दन चौरसिया, क्यासियर सोनु यादव, सोनी यादव, बजार प्रतिनिधि मनोहर गुप्ता, गिता श्रेष्ठ, रुपेश श्रेष्ठ, जुहि श्रेस्ठ, कार्यलय सहयोगी पुनम राई लगायतलाई चाँदीको माला सहित सम्मान गरेको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापा, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष जंग बहादुर राउतको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमको सहजीकरण प्रदिप साहले गरेका थिए ।